close

सडकपेटी र फुटपाथमा पसल नराख्न भक्तपुरको निर्देशन

सडकपेटी र फुटपाथमा पसल नराख्न भक्तपुरको निर्देशन

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाले सडक पेटी तथा फुटपाथमा पसल नराख्न निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सडक पेटी तथा फुटपाथमा पसल नराख्न निर्देशन दिएको हो । 

सूचनाको अनुसार सडक पेटी तथा फुटपाथमा राखिएको जथाभावी पसलले सर्वसाधारणमा आवतजावत गर्न समस्या भएको गुनासो आएपछि नगरपालिकाले सो निर्देशन दिएको हो । 

नगरपालिकाको सूचना अटेरी गरी साइकल, धावा, घुम्ती पसल सञ्चालित गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने जनाइएको छ ।