close

आमाबाबुविहीन बालबालिकाकाे संरक्षण गर्दै चाँगुनारायण

आमाबाबुविहीन बालबालिकाकाे संरक्षण गर्दै चाँगुनारायण

Trulli
ADVERTISEMENT

भक्तपुर– चाँगुनारायण नगरपालिकाले आमाबाबुविहीन बालबालिकाकाे संरक्षण गर्ने भएकाे छ । नगरपालिकाले एक सूचना जारी गर्दै आमाबाबुविहीन बालबालिकाकाे संरक्षण गर्ने जनाएकाे हाे । 

सूचना अनुसार नगरपालिकाले अनुदान उपलब्ध गराएर आमाबाबुविहीन बालबालिका संरक्षण गर्न लागेकाे हाे । नगरपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ मा बागमती प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमअन्तर्गत आमा–बाबुविहीन बालबालिका संरक्षण कार्यक्रमबाट अनुदान उपलब्ध गराउने सूचनामा उल्लेख छ ।

इच्छुक बालबालिका वा निजको संरक्षकले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।