close

तारकेश्वरले ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गर्ने

तारकेश्वरले ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं– तारकेश्वर नगरपालिकाले अनुदानमा कृषि सामग्री वितरण गर्ने भएको छ । नगरपालिकाले ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिने जनाएको हाे ।

नगरपालिकाकोे आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिने सूचनामा उल्लेख छ । आलुको उन्नत बीउ, गोलभेडाको बीउ, मौरीको खाली घार, मौरीको गोलासहितको घार र प्राङ्गारिक भर्मिकम्पोष्ट मल वितरण गर्ने नगरपालिकाले जनाएको हाे ।

इच्छुक कृषक, कृषि फर्म, कृषि समुह, कृषि सहकारीले ६ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।