close

खापर दहमा अब आउलान त घुमक्कड ? (भिडियो खबर)

खापर दहमा अब आउलान त घुमक्कड ? (भिडियो खबर)

ADVERTISEMENT

बझाङ– बझाङ सौन्दर्यको अनुकम्पा भएको जिल्ला हो । सुदूरपश्चिम प्रदेशको पर्यटकीय गन्तव्यको नौलो स्थान यो जिल्लामा पछिल्लो समय पर्यटक भित्र्याउन अनेक प्रयास गरिँदै आएको छ ।

 

पर्यटक संख्यालाई बढाउन बझाङको थलारा गाउँपालिकामा रहेको खापर दहको पुनर्निर्माण सुरु गरिएको छ । दहमा पर्यटक आकर्षित गर्न गाउँपालिकाको सहयोगमा दहको सौन्दर्य जोगाउने प्रयत्न भइरहेको हो ।


बझाङको थलारा गाउँपालिकाका पर्यटकीय स्थलमध्येको खापर दहको पुनर्निर्माण चलिरहेको छ । कालापानी खापरदह वनको बीच भागमा अवस्थित दह थलारा गाउँपालिका जलस्रोत व्यवस्थापन परियोजना र स्थानीयको जनश्रमदानबाट निर्माण हुन लागेको हो ।

 

वरपर हराभरा जंगल र थुम्काको बीचमा रहेको दहको पुनर्निर्माण सकिएपछि पर्यटक संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । हाल निर्माणाधीन अवस्थाको दह पहिले ठूलो ताल भए पनि पानीका मुहान सुक्न गई ताल क्षेत्र खुम्चिन पुगेको थियो ।

 

अहिले ताल वरिपरि पर्खाल निर्माण गरी नजिकै रहेको अन्साल्लाबाट पाइपद्वारा पानी ल्याएर ताल भर्ने तयारी सुरु गरिएकोखापरदह पुनर्भरण रिचार्ज पोखरी आयोजनाका अध्यक्ष नरबहादुर खड्काले बताए ।

 
ताल संरक्षणका लागि अहिले २ मिटर उचाइ, १ सय १५ मिटर लम्बाइ र १ मिटर चौडाइको पर्खाल निर्माण भइरहेको छ । आगामी १२ असारसम्म सक्ने लक्ष्यका साथ काम भइरहेको छ । अहिलेसम्म २२ लाख ७८ हजार पेश्की लिएर काम भइसकेको  गाउँपालिकाका अध्यक्ष  भुवनेश्वर उपाध्यायले जानकारी दिए ।


गाउँपालिका र जलस्रोत परियोजनाको संयुक्त गरी ८७ लाख रुपैयाँ बजेटले तालको संरक्षण गर्ने लक्ष्य भए पनि अझै योजनाअनुसार रकम अभाव हुने देखिएको स्थानीय लक्ष्मण खड्का सुनाउँछन् ।

 

अध्यात्म, योग र ध्यान गर्न लायक गन्तव्य बझाङमा रहेको खापर दह पुनर्निर्माण भएसँगै पर्यटकको उपस्थिति बढ्ने अपेक्षा गरिएको छ ।