close

बेनिघाट रोराङमा होमस्टे तालिम सम्पन्न

बेनिघाट रोराङमा होमस्टे तालिम सम्पन्न

Trulli
ADVERTISEMENT

धादिङ । बेनिघाट रोराङ गाउँपालिकामा होमस्टे तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना  र अग्रसर समाज नेपालको सहकार्यमा होमस्टे तालिम सम्पन्न  भएको हो । 

गाउँपालिकाको वडा नम्बर ८ को चैलिङस्थित  सामुदायिक होमस्टेमा सो तालिम सम्पन्न भएको हो । गाउँपालिकाको अध्यक्ष कृष्ण बहादुर थपलियाको प्रमुख अतिथि र उपाध्यक्ष टापबहादुर श्रेष्ठको विशेष अतिथिमा सो कार्यक्रममा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । 

तालिम चैत्र १ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको गाउँपालिकाका अध्यक्ष थपलियाले बताए । उनका अनुसार स्थानीय पर्यटन क्षेत्रको विकास तथा प्रर्वद्धनको लागि गाउँपालिकाले सो कार्यक्रम सञ्चालन गरेको हो । 


तालिममा १८ जना स्थानीयले होमस्टेबारे जानकारी र अतिथि सम्मानबारे प्रशिक्षण दिएका थिए । चार दिने तालिममा  होमस्टे (घरवास) महासङ्घ नेपालका केन्द्रिय कोषाध्यक्ष सुरज बास्तोलाले प्रशिक्षण दिएका थिए ।