close

पर्यटन प्रवर्द्धनका लागि गण्डकी परिक्रमा महोत्सव

पर्यटन प्रवर्द्धनका लागि गण्डकी परिक्रमा महोत्सव

Trulli
ADVERTISEMENT

तनहुँ- देवघाटधाम क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिने गण्डकी परिक्रमा महोत्सव सफल बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधामलाई धार्मिक र पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न आयोजित गण्डकी परिक्रमा महोत्सव सफल बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका हुन् ।
    
महोत्सव तयारीका लागि तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रममा आयोजित सर्वपक्षीय बैठकमा सोही गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले यस महोत्सवले देवघाटको धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । उक्त महोत्सवलाई भरतपुर भ्रमण वर्ष २०२४ सँग जोडेर लैजान सकेमा थप प्रभावकारी हुने उनकाे भनाइ छ। 

सोही गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ, गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष पूर्णबहादुर कुँवर, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल, नेपाल सन्त समाजका महासचिव तथा नेपाल संस्कृत विश्वविद्यालयका प्राडा गुरुप्रसाद सुवेदी, बागेश्वरीस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका अध्यक्ष नवराज ढकाल, देवघाट गाउँपालिका विपद् व्यवस्थापन तथा पर्यटन शाखा प्रमुख होमबहादुर भारतीलगायतले उक्त धार्मिक महोत्सव सफल पार्ने सम्बन्धमा सुझाव दिँदै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पवित्र तीर्थस्थल देवघाटधाम र गण्डकीको सङ्गमको ऊर्जा प्राप्त गर्ने देवघाटधामको धार्मिक महत्व तथा भौतिक विकासलाई संवद्र्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिबारे  प्रचारप्रसार गर्ने उद्देश्यले सन्त महात्माहरुको अगुवाइमा मङ्सिर ९ गते  वैकुण्ठ चतुर्दशीको अवसरमा महोत्सव आयोजना गरिएको महेश संस्कृत गुरुकुल देवघाटका प्राचार्य फणीन्द्रप्रसाद पौडेलले जानकारी दिए।