close

बहा बही चिनौँ, सम्पदा संरक्षण गरौँ

बहा बही चिनौँ, सम्पदा संरक्षण गरौँ

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाले भक्तपुर नगरका विभिन्न सम्पदा क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यले ‘बहा बही चिनौँ, सम्पदा संरक्षण गरौँ’ भन्ने नारासहित आउँदो पुस १४ गते शनिबार सम्पदा पदयात्राको आयोजना गर्ने भएको छ । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यसबारे जानकारी दिँदै योमरी पुन्हीको अवसरमा आयोजना हुने सम्पदा पदयात्राले भक्तपुरका सम्पदा चिनाउने, त्यसबारे अध्ययन अनुसन्धान गर्नेलाई पनि अवसर मिल्ने र नगरभरि छरिएर रहेका बहाबहीको अवस्थाबारे अभिलेखीकरण गरी नयाँ पुस्तालाई जानकारी दिन सम्पदा पदयात्रा सफल हुने बताए । 

पदयात्रा भनपा–५ टौमढीबाट सुरु भई अखण्डशील महाविहार (बुलुचा), जेतवर्ण (तेखाचो), बौद्ध समंकृत (कुथुबही), जयकिर्ति (थथुबही), जेष्ठवर्ण (इताछेँ), लोकेश्वर (कुश्क्व), चर्तुब्रम्ह (साकोथा), यालाछेँ बही (यालाछेँ), सुवर्ण (सुकुलढोका), मन्जुवर्ण (बेखाल), प्रशन्नशील महाविहार (क्वाठण्डौं), दिपंकर (क्वाठण्डौं), कुलरत्न (क्वाठण्डौं), धर्मकिर्ति (क्वाठण्डौँ), आदिपद्य (सूर्यमढी), खुसीबह (खोह्रे), मुनिबिहार (खँचा), इन्द्रवर्ण (इनाचो) र झौरबही (गोल्मढी) हुँदै भनपा–७ यातामा पुगी कार्यक्रमको समापन गरिने नगर प्रमुख प्रजापतिले बताए ।