close

७० लाखमा बन्याे पलाञ्चोक भगवती माविको पक्की भवन

७० लाखमा बन्याे पलाञ्चोक भगवती माविको पक्की भवन

Trulli
ADVERTISEMENT

काभ्रे - काभ्रेको पाँचखाल नगरपालिका वडा–९ मा रहेको पलाञ्चोक भगवती माध्यमिक विद्यालय चारपीपलमा ४ कोठे पक्की भवन शिलान्यास भएको छ । पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले नयाँ बन्न लागेको अपांगमैत्री भवन निर्माणको शिलान्यास गरेका हुन् ।


कार्यक्रममा नगरप्रमुख खरेलले पाँचखालका कुनै पनि बालबालिकालाई शिक्षाबाट वञ्चित नगरिने बताए । पाँचखालको समन्वय तथा जिल्ला आयोजना कार्यान्वयन इकाइको आर्थिक सहयोगमा २ तलाको ४ कोठे भवन बन्नेछ । 


इकाइले भवन निर्माणका लागि ७० लाख रकम उपलब्ध गराएको छ । विद्यालयका प्रधानाध्यापक बेगमबहादुर थापाका अनुसार १५ लाख सौचालय निर्माणका लागि र ८ लाख खानेपानीका लागि सहयोग गरेको छ ।


यो वर्ष मात्रै पलाञ्चोक भगवती माविमा अन्य २ भवन निर्माण अन्तिम अवस्थामा पुगेको वडाध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।


‘पाँचखालको ५० लाखमा ४  कोठे पक्की भवन तथा चाउ नमस्ते इटलीको ६२ लाख सहयोगमा ६ कोठे पक्की भवन निर्माण सम्पन्न हुन लागेको छ’, श्रेष्ठले भने ।