close

भोजपुर र संखुवासभाका सामुदायिक विद्यालयले पाए कम्प्युटर 

भोजपुर र संखुवासभाका सामुदायिक विद्यालयले पाए कम्प्युटर 

Trulli
ADVERTISEMENT

संखुवासभा - भोजपुर र संखुवासभाका सामुदायिक विद्यालयहरूलाई राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखाले कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २० थान कम्प्युटर सामुदायिक विद्यालयलाई हस्तान्तरण गरेको हो । 

 

सदरमुकाम खाँदबारीमा भएको कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई बैंकले कम्प्युटर हस्तान्तरण गरेको खाँदबारी शाखाका प्रबन्धक अनीष रायमाझीले बताए । ‘दुर्गम भेगका साधन-स्रोतविहीन विद्यालयहरूले पेस गरेको प्रस्ताव छनोट गरी कम्प्युटर उपलब्ध गराएका हौं,’ प्रबन्धक रायमाझीले भने ।

 

जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले कम्प्युटर प्राप्त गरेपछि विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘कम्प्युटर सहयोगले साधन-स्रोत कम भएका विद्यालयलाई प्रविधिमैत्री हुन सघाउनेछ’, प्रमुख शाक्यले भने ।


यस्तै, बैंकले भोजपुरको साल्पासिलिछो गाउँपालिकाको १ माध्यमिक र ४ वटा आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । खाँदबारी नगरपालिका- ६ को १ विद्यालयलाई समेत कम्प्युटर सहयोग गरिएको छ ।


१ विद्यालयले कम्तीमा २ र बढीमा ४ कम्प्युटर पाएका छन् । कोरोना संक्रमणका कारण गत आर्थिक वर्षमै वितरण गर्नुपर्ने कम्प्युटर अहिले उपलब्ध गराइएको बैंकले जनाएको छ ।