close

मौलापुरका विद्यालयमा शिक्षक अभाव

मौलापुरका विद्यालयमा शिक्षक अभाव

Trulli
ADVERTISEMENT

रौतहट– रौतहटको मौलापुर नगरपालिकामा दरबन्दीअनुसारका शिक्षक नहुँदा विद्यालय सञ्चालनमै समस्या भएपछि नगरपालिकाले आफ्नै स्रोतबाट तलबभत्ता दिने गरी विभिन्न तहका २५ शिक्षक भर्ना गरेको छ ।

केन्द्रले दरबन्दी र आवश्यकताअनुसार शिक्षक नपठाउँदा मौलापुरका अधिकांश विद्यालयमा थोरै जनशक्तिबाट पठनपाठन भइरहेको छ ।


केन्द्रलाई बारम्बार अनुरोध गर्दा पनि शिक्षक नपठाएपछि नगरपालिका आफैँले खर्च बेहोर्ने गरी थप जनशक्ति व्यवस्थापन गरेको हो ।


नगरपालिकाले अंग्रेजी र नेपाली दुवै माध्यमका प्राथमिक, निम्नमाध्यमिक तथा माध्यमिक तहका गरी २५ जना शिक्षक नियुक्त गरिएको जानकारी दिएको छ ।

 

‘शिक्षक अभावकै कारण पठनपाठनमा देखिएको समस्या समाधान थप जनशक्ति व्यवस्थापन गरेका हौँ । आप्mनै स्रोत खर्चेर शिक्षक नियुक्त गरेपछि पढाइ सुचारु हुनेछ’, मौलापुर नगरपालिका प्रमुख रीनाकुमारी साहले भनिन् ।


राष्ट्रिय साक्षरता अभियानलाई सघाउन र नगरभरिका विद्यार्थीलाई शिक्षाको सहज पहुँचमा पुर्‍याउन शिक्षक भर्ना गर्नु परेको उनले बताइन् ।