close

संस्कृत विद्यालयका विद्यार्थीले बनाए दम र रुघाखोकीको औषधि (भिडियो खबर)

संस्कृत विद्यालयका विद्यार्थीले बनाए दम र रुघाखोकीको औषधि (भिडियो खबर)

ADVERTISEMENT

दाङ- नेपालमा आयुर्वेदिक औषधि उत्पादनमा सरकारले नै जोड दिँदै आएको छ । तर, हालसम्म स्पष्ट नीति नहुँदा औषधि उत्पादन गर्न भने सकेको छैन । आयुर्वेदिक औषधि विश्वभरी नै अहिले चर्चामा छ । त्यसमाथि पनि नेपाल आर्युवेद दबाईका लागि प्रख्यात मानिन्छ ।

 

तर, सरकारले पहल अघि नबढाएपनि दाङको संस्कृत विश्व विद्यालय अन्तर्गतको जनता विद्यापीठमा भने आयुर्वेदिक औषधि उत्पादन गर्दै आएको छ । विद्यार्थीले प्रयोगात्मक मै भएपनि ‘वासावलेह औषधी’ उत्पादन गरेका छन् । 


नेपाल संस्कृत विश्व विद्यालय अन्तरगत दाङको बिजौरीस्थित जनता विद्यापीठमा आयुर्वेद विभाग अन्तरगतको एएचए अध्ययनरत विद्यार्थीले वासावलेह औषधि उत्पादन गरेका छन् । दोस्रो वर्षका विद्यार्थीले प्रयोगात्मक रुपमा वासावलेह औषधि उत्पादन गरेका हुन् ।  विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्रैले नपुग्ने भएको हुँदा प्रयोगात्मक ज्ञान र शीप दिने उद्देश्य अनुसार विद्यार्थीबाट औषधि उत्पादन गरिएको हो  ।

 

विद्यार्थीहरुले उत्पादन गर्ने आयुर्वेदिक औषधिलाई सहज र नियमित गराउने प्रयास पनि विद्यापीठको छ ।  आर्थिक रुपमा मात्रै नभएर सबै खालको सहयोग क्याम्पस प्रशासनबाट भइरहेको छ । वासावलेह स्थानीय जडिबुटी असुरो, मह, घिउ, चिनी र पिपला लगायतको मिश्रणबाट तयार पारिएको हुँदा स्वास्थ्यका लागि फाइदाजनक रहेको र दम, रक्त पित्त तथा रुघाखोकीको लागि बढी उपयोगी हुनेछ ।

 

आयुर्वेदको पद्धतिअनुसार उत्पादन गरिएकोले २ वर्षसम्म यो औषधिप्रयोग गर्न सकिने दावी गरिएको छ ।  


आयुर्वेद विभागको सञ्चालन भएदेखि नै विद्यार्थीले च्यावनप्रास उत्पादन गरेका छन् । विद्यार्थीले व्यक्तिगत रुपमा लगानी गरेर पनि च्यवनप्रास बनाएका थिए । विद्यार्थीले पढाई अनुसारको अभ्यास गर्दै औषधि उतपादन गरेका हुन् । यता, विद्यार्थी पनि गुरुको सहयोग, मिहिनेत र लगनशीलले औषधि उत्पादन गर्न सफल भएको बताउँछन् । 

 

विद्यार्थीले उत्पादन गरेको औषधिलाई बजारमा सहज र नियमित गराउने प्रयास पनि विद्यापीठले गर्दै आएको छ । यसरी विद्यार्थी नै प्रयोगशालाका लागि औषधि उत्पादन त्यो पनि गुणस्तरीय रुपमा गर्दै जाँदा निकट भविष्यमा आयुर्वेदको क्षेत्रमा भने महत्वपूर्ण सफलता हासिल गर्न विद्यापीठ नै सफल हुनेमा दुई मत छैन पनि ।