close

माडीका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक

माडीका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक

Trulli
ADVERTISEMENT

चितवन(माडी)- चितवनको माडी नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षकले अध्यापन गराउने भएका छन् । दरबन्दीको शिक्षक नपाएका तथा लामो अवधिको बिदामा बसेका शिक्षकको सट्टा सार्वजनिक विद्यालयमा स्वयंसेवक शिक्षकले पढाउने भएका हुन् ।

 

माडी नगरपालिकाको कार्यपालिका बैठकमार्फत स्वयंसेवक शिक्षक व्यवस्थापन कार्यविधि, २०७७ पारित गरी क्याम्पसमा अध्ययनरत विद्यार्थी वा अन्य क्षेत्रका जनशक्तिलाई स्वयंसेवक शिक्षक बन्ने अवसर दिइने भएको हो । 

 

विशेषतः महिला शिक्षकलाई प्रसूति बिदा दिँदा र न्यून दरबन्दीका कारण शिक्षक कमी भएको अवस्थामा शैक्षिक गुणस्तरमा कमी आउन नदिन तथा युवामा स्वयंसेवी भावना एवं सामाजिक जिम्मेवारीको बोध गराउन यो व्यवस्था ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले बताए ।

 

कार्यविधिअनुसार शिक्षण लाइसेन्स नभए पनि कक्षा १० जोड २ वा सोभन्दा माथिको अध्ययन गरेका १६ वर्षदेखि ६० वर्षसम्मका व्यक्तिले स्वयंसेवी शिक्षकका लागि आवेदन गर्न सक्नेछन् ।

 

उनीहरूको लगत रोस्टरका आधारमा नगरपालिकाले आवश्यक विद्यालयमा खटाउने व्यवस्था मिलाउनेछ । उनीहरूलाई प्रारम्भिक बालविकास वा कक्षा ३ सम्म अध्यापन गरेबापत १० हजार, कक्षा ८ सम्म पढाएबापत १२ हजार र माध्यमिक तहको अध्यापनबापत १५ हजार रुपैयाँ मासिक निर्वाह खर्च दिने व्यवस्था छ ।