close

माडी नगरको आफ्नै पाठ्यपुस्तक

Trulli
ADVERTISEMENT

चितवन–माडी
चितवनको माडी नगरपालिकाले यसै वर्षदेखि कक्षा १ मा ‘हाम्रो माडी’ नामक स्थानीय पाठ्यक्रम लागू गरेको छ । नगरपालिकाको शिक्षा शाखाले ६४ पृष्ठको रंगीन पुस्तक प्रकाशन गरेको हो । यी पुस्तक तत्कालै विद्यालयहरूमा पठाइने नगरपालिकाले बताएको छ ।


जारी शैक्षिक वर्षको उत्तराद्र्धमै भए पनि कक्षा १ को स्थानीय पाठ्यपुस्तक लागू हुने र आउँदो वर्षमा क्रमशः कक्षा २ र ३ मा स्थानीय विषय पढाइनेछ ।


कक्षा १ को पुस्तकमा इकाइ १ देखि १० मा जनप्रतिनिधि, भौगोलिक अवस्था, हाम्रो वातावरण, हाम्रो विगत, हाम्रो संस्कृति र सांस्कृतिक सम्पदा, हाम्रा विकासका पूर्वाधार, आर्थिक गतिविधि, सामाजिक गतिविधि, हाम्रो सुरक्षा र हाम्रो बानी–व्यवहार शीर्षकका पाठ राखिएका छन् ।


पहिलो संस्करणका रूपमा प्रकाशित सो पुस्तकमा केही तस्बिर गलत छापिएको पनि देखिएको 
छ । हाल स्थानीय निकायले कक्षा १ देखि ५ सम्म ४ पाठ्यभार र कक्षा ६ देखि ८ सम्म ५ पाठ्यभार रहेको १०० पूर्णांकको स्थानीय विषय लागू गर्न सक्ने व्यवस्था छ ।