close

बुद्धभूमिका विद्यालयका छात्रालाई साइकल उपहार

विद्यालय जाने समय छोटिएपछि उज्यालिए विद्यार्थीका मुहार

बुद्धभूमिका विद्यालयका छात्रालाई साइकल उपहार

विद्यालय जाने समय छोटिएपछि उज्यालिए विद्यार्थीका मुहार

Trulli
ADVERTISEMENT

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ जोतपुरकी पुष्पा परियारको मुहारमा यतिबेला कान्ति छाएको छ ।बुद्धभूमिका नगरप्रमुख केशवकुमार श्रेष्ठको हातबाट साइकल उपहार पाएपछि उनी धेरै खुसी छन् ।यसअघि उनले विद्यालय जाँदा साथीहरूको साइकल सहयोग लिन्थिन् । अब भने उनले आफ्नै साइकल चढेर विद्यालय जान सक्नेछिन् ।

 

विपन्न परिवारकी पुष्पाको मात्र नभई यो उनको परिवारमै पहिलो बनेको छ । साइकलका कारण उनी ३ किलोमिटर टाढा रहेको विद्यालय पुग्ने समयसमेत छोएिको छ । अध्ययनका अलावा घरायसी काममा आमालाई सघाउन फुर्सद पाउने भएकी छन् ।


‘बुबा रोजगारीका लागि भारतमा हुनुहुन्छ । हाम्रो खेतबारी पनि छैन । साइकल किन्ने स्रोत कहिल्यै जुरेन । दयनीय आर्थिक अवस्थाकै कारण साइकलका लागि बुबाआमासँग जोडबल गरिनँ । विद्यालय पुग्न सधैँ हतार हुन्थ्यो । घर फर्किन ढिला हुन्थ्यो । अब भने सहज भएको छ’, पुष्पा खुसी सुनिइन् ।


साइकल भएको भए पहिलो पिरियडमा सधैँ विद्यालय पुग्थेँ भन्ने लाग्यो सधैँ उनलाई । विद्यालय सकिएपछि धेरै साथी साइकल चढेर घर फर्किन्थे तर उनी हिँड्दै घरको बाटो नाप्थिन् । ‘एक्लै हिँड्दा आउन सक्ने खतरासमेत अब साइकल पाएपछि टरेको छ’, पुष्पाले भनिन् ।


नगरपालिकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत २० लाखको लागतमा २४८ थान साइकल खरिद गरेको छ । ती साइकल वडा नम्बर ५, ६, ७, ८ र १० वडाका आधारभूत तह (कक्षा ८) उत्तीर्ण बालिकालाई दिइने नगर प्रमुख श्रेष्ठले बताए । 

 

माध्यमिक तह अध्ययन गर्दा धेरै बालिका पढाइ छाड्ने भएको हुँदा त्यसलाई रोक्न साइकल उपहार दिने योजना अगाडि बढाइएको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम छनोट समिति सदस्य सुशीला दर्लामीले बताइन् ।