close

बुद्धभूमि क्याम्पसमा पनि एमबिएस कक्षा 

बुद्धभूमि क्याम्पसमा पनि एमबिएस कक्षा 

Trulli
ADVERTISEMENT

कपिलवस्तु– कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको चौवन्नपुरमा रहेको बुद्धभूमि क्याम्पसमा पहिलो पटक एमबिएस कक्षा सञ्चालन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट शैक्षिक सत्र २०७८ का लागि सम्बन्धन पाएसँगै क्याम्पसले भर्ना खुलाएको छ ।


कोभिडका कारण अनलाइन कक्षाबाट अध्यापन गराउने गरी एमबिएस भर्ना खुलाइएको क्याम्पस प्रमुख कृष्णप्रसाद खनालले बताए । सम्बन्धन प्राप्त गरेपछि स्नातकोत्तर सञ्चालन हुने जिल्लाको तेस्रो क्याम्पस भएको छ ।


जिल्लामा सिद्धार्थ क्याम्पस वाणगंगा र कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवामा यसअघि नै एमबिएस कक्षा सञ्चालनमा आएको छ । एमबिएस कक्षा सञ्चालनपछि जिल्लाको पश्चिमी भेगका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहज हुनेछ ।


स्नातकोत्तर सञ्चालन हुने नगरकै लागि गौरवको विषय भएकाले क्याम्पस सञ्चालनका लागि नगरले समेत सहयोग गर्ने बुद्धभूमि नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठले बताए । 


२०६५ मा स्थापना भएको क्याम्पसमा यसअघि बिएड र बिबिएस तह सञ्चालन भइरहेका छन् । क्याम्पसमा हाल २ सय बढी विद्यार्थीले अध्ययन गर्दै आएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रराज आचार्यले बताए ।