close

गोठाला र किसानबीच झडप हुँदा १६० जनाको मृत्यु

गोठाला र किसानबीच झडप हुँदा १६० जनाको मृत्यु

Trulli
ADVERTISEMENT

नाइजेरियाको एक गाउँमा भएको शृंखलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् ।

बोक्कोसस्थित स्थानीय सरकारी क्षेत्रको गाँउ मुसुमा गोठाला र किसानहरूबीच भएको झडपमा १६० जनाको मृत्यु भएको छ । 

यो घटना पठारमा गत मे महिनायताकै सबैभन्दा  हिंस्रक घटना हो । सो घटनामा किसान र गोठाला बीचको झडपमा सय भन्दा बढीको मृत्यु भएको थियो । नियमित रूपमा हुँदै आएका सशस्त्र आक्रमणले नाइजेरियाको उत्तरी र मध्य क्षेत्रमा  गम्भीर सुरक्षा खतरा बढेको छ ।