close

देवदहमा १५ बेडको अस्पताल बन्ने

देवदहमा १५ बेडको अस्पताल बन्ने

Trulli
ADVERTISEMENT

रुपन्देही- रुपन्देहीको देवदह नगरपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । संघीय सरकारको ‘एक नगर एक अस्पताल’ नीति अन्तर्गत १५ शैयाको अस्पताल भवन शिलान्यास गरिएको हो ।


अस्पतालको भर्चुल माध्यमबाट प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले शिलान्यास गरे । करिब ९ करोडको लागतमा अस्पताल निर्माण सम्पन्न हुने देवदह नगरपालिकाले जनाएको छ ।

 


संघीय सरकार र देवदह नगरपालिकाको समपूरक बजेटबाट १५ शैयाको अस्पताल भवन निर्माण हुनेछ । अस्पताल भवनको शिलान्यास गर्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले देवदहमा अस्पताल सञ्चालनपछि नवलपरासी, पाल्पा र देवदहका स्थानीय स्वास्थ्यको पहुँचमा पुग्ने विश्वास व्यक्त गरे ।

 

पूर्व कृषि मन्त्रीसमेत रहेका सांसद विश्वकर्माले गुणस्तरीय र नमुना अस्पताल निर्माण गर्न सबैको योगदान आवश्यक रहेकामा जोड दिए ।  प्रदेशसभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले देवदहमा निर्माण हुने अस्पताललाई नमुना स्वास्थ्य संस्थाका रुपमा विकास गर्नुपर्ने बताए ।

 
देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले नागरिकको आधारभूत स्वास्थ्य आवश्यकता पूरा गर्ने उद्देश्यले अस्पताल निर्माण सुरु गरिएको जानकारी दिए ।