close

बाँससम्बन्धी एक महिने तालिम दिँदै काठेखोला

बाँससम्बन्धी एक महिने तालिम दिँदै काठेखोला

Trulli
ADVERTISEMENT

बागलुङ– काठेखोला गाउँपालिकाले बाँस तथा वेतसम्बन्धी एक महिने सीप विकास तालिम उपलब्ध गराउने भएको छ । 

गाउँपालिकाले आदिबासी जनजाति लक्षित स्थानीय ज्ञान सीपमा आधारित व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत सो तालिम प्रदान गर्न लागेको हो । 

कार्यक्रममा पालिकाभित्रका स्थायी बासिन्दा, बाँससम्बन्धी उद्यम गरिरहेको वा गर्न चाहाने आदिबासी जनजातिले सहभागिता जनाउन सक्नेछन् । इच्छुक स्थानीय बासिन्दालाई सात दिनभित्र तालिमका लागि आवेदन पेश गर्न गाउँपालिकाले एक सूचना जारी गर्दै अनुरोध गरेको छ ।