close

म्याग्देको बस्तीस्तरमा एकीकृत घुम्ती शिविर सुरु

म्याग्देको बस्तीस्तरमा एकीकृत घुम्ती शिविर सुरु

Trulli
ADVERTISEMENT

तनहुँ– म्याग्दे गाउँपालिकाले पालिकाका सेवा बस्ती बस्तीमा पुगेर सेवा दिन थालेको छ । सोमबारबाट गाउँपालिकाले एकीकृत घुम्ती शिविरको आयोजना बस्तिमा पुगेर सेवाको थालनी गरेको हो । गाउँपालिकाले वडा नं ३ किलचोकबाट सेवा प्रवाह सुरु गरेको हो । 

सोमबारबाट सुरु भएको एकीकृत घुम्ती शिविर चैत ८ गतेसम्म विभिन्न स्थानमा सञ्चालन हुने छ । प्रत्येक वडाको तीन स्थानमा गरी २१ स्थानमा सेवा उपलब्ध गराउन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृृत नारायण प्रसाद अधिकारीले बताए । शिविरमा ज्येष्ठ नागरिकको परिचय पत्र वितरण, स्वास्थ्य जाँच, व्यवसाय दर्ता, व्यक्तिगत घटना दर्ता लगायतका सेवा उपलब्ध गराइएको छ ।  

स्वास्थ्य, शिक्षा, खानेपानी, पशु, कृषि, महिला लगायत पालिकाका शाखागत सम्पूर्ण सेवा बस्तीस्तरमा उपलब्ध गराउने उनको भनाइ छ । घरदैलोमा नै गाउँपालिकाको सेवा उपलब्ध गराउन एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको उनले बताए ।

(तस्बिर: म्याग्दे गाउँपालिकाको आधिकारिक फेसबुकबाट)