close

छिन्नमस्ताको प्रमुख प्रशासकीय अधिकृतमा उज्वल आनन्द

छिन्नमस्ताको प्रमुख प्रशासकीय अधिकृतमा उज्वल आनन्द

Trulli
ADVERTISEMENT

सप्तरी - छिन्नमस्ता गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा उज्वल आनन्द हाजिर भएका छन् । उनले गत बिहीबारदेखि गाउँपालिकाको कार्यभार सम्हाल्दै आएका हुन् । 

गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीसहितको टोलीले एक कार्यक्रमको आयोजना गरी प्रमुख प्रशासकीय अधिकृत आनन्दलाई स्वागत गरेका थिए । उनलाई स्वागत गरेसँगै पालिकामा हाजिर भएका हुन् । 

उनी यसअघि सप्तरीकै विष्णुपुर गाउँपालिकामा कार्यरत थिए ।