close

सरसफाइ परिचयपत्र वितरण 

सरसफाइ परिचयपत्र वितरण 

Trulli
ADVERTISEMENT

इलाम -  इलामको माइजोगमाई गाउँपालिकाले स्थानीयलाई सरसफाइ परिचयपत्र वितरण गर्न शुरु गरेको छ । गाउँपालिका १ नयाँबजारका फुर्तेम्बा शेर्पालाई सरसफाइ उपभोक्ताको परिचयपत्र दिँदै अभियानको सुरु गरिएको हो । 

अभियानअन्तर्गत मापदन्ड पुगेका १ सय ५० घर परिवारलाई सरसफाइ उपभोक्ताको परिचय पत्र उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले बताए । गाउँपालिकालाई सँधै सफा राख्न स्थानीयलाई सचेत गराउने उद्देश्यले परिचयपत्र वितरण गरिएको हो ।

 

नागरिकको स्वास्थ्यप्रति विशेष ध्यान दिँदै कार्यक्रमको थालनी गरिएको अध्यक्ष राईले बताए । कोरोनाको समेत सङ्क्रमण बढिरहेकाले सरसफाइमा ध्यान दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम फलदायी हुने बताइएको छ । 

 

परिचयपत्र वितरणपछि प्रत्येक घरबाट मासिक सय रुपैया उठाउने र उक्त रकम सरसफाइमा खर्च गरिने बताइएको छ । शुल्क बापत बजारको फोहोर मैला संकलन गरी डम्पीङ साइटलगिनेछ । उक्त अभियान सबै वडाका बजार, टोल हुँदै घरघरमा लागू हुनेछ ।