close

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि बाजुराको टाँटे स्वास्थ्य चौकी सिल  

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि बाजुराको टाँटे स्वास्थ्य चौकी सिल  

Trulli
ADVERTISEMENT

बाजुरा - बाजुराको बुढीगंगा नगरपालिकामा रहेको टाँटे स्वास्थ्य चौकी सिल गरिएको छ । स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत एक जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि स्वास्थ्य संस्था सिल गरिएको बुढीगंगा नगरपालिकाले जनाएको छ । 


नागरिकको स्वास्थ्य जाँचमा खटिएका स्वास्थ्यकर्मी आफैँमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य चौकी तीन दिनका लागि सिल गरिएको स्वास्थ्य संयोजक दीपक शाहले बताए ।


अहिले स्वास्थ्य चौकीका अतिआवश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द गरिएको छ । गत शुक्रबार गरिएको १२ जनाको स्वाब परीक्षणमा एक जना स्वाथ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए । 


अछाम जिल्लाको कमलबजार स्वास्थ्य चौकीमा गरिएको पीसीआर परीक्षणमा १२ जनामध्ये एक जना स्वास्थ्यकर्मी अहेवमा कोरोना पुष्टि भएको हो ।


उनले भने, ‘अछाम स्वाब पठाएकामध्ये एक जना स्वास्थ्यकर्मीको रिपोर्ट पोजिटिभ आएको भए पनि अन्यको रिपोर्ट नेगेटिभ आएको छ । उनलाई अहिले आइसोलेसनमा बस्न भनिएको छ । स्वास्थ्य स्थिति सामान्य भएकाले त्यति आत्तिनुपर्ने अवस्था छैन ।’