close

चापाकोटमा श्रम स्वीकृती सेवा सुरु

चापाकोटमा श्रम स्वीकृती सेवा सुरु

Trulli
ADVERTISEMENT

स्याङ्जा । चापाकोट नगरपालिकाले श्रम स्वीकृती सेवा सञ्चालन गरेको छ । नगरपालिकाले आइतबारदेखि श्रम स्वीकृती दिन थालेको हो । 

वैदेशिक रोजगारिमा जाने व्यक्तिहरुको श्रम स्वीकृतिको लागि सेवा प्रवाह सुरु गरेको नगरपालिकाले जनाएको छ  ।नगरपालिकाको रोजगार सेवा केन्द्र मार्फत श्रम स्विकृती प्रदान गरिएको हो ।

पहिलो सेवाग्राहीका रुपमा वडा न ८ का भुवन प्रसाद ढकाललाई नगर प्रमुख देव बहादुर खाँणबाट श्रम स्वीकृति प्रदान गरी सेवा सुरु गरिएको जनाएको छ ।