close

कोसेली घरका कारण कर्जन्हाका महिलाहरुलाई राेजगारी

कोसेली घरका कारण कर्जन्हाका महिलाहरुलाई राेजगारी

Trulli
ADVERTISEMENT

सिराहा - कर्जन्हा नगरपालिकाले 'कोसेली घर' सञ्चालनमा ल्याएको छ । स्थानीय महिलाले उत्पादन गरेको सामग्रीको बजारीकरणका लागि नगरपालिकाले कोसेली घर सञ्चालनमा ल्याएको हो । 

नगरपालिकाको रोजगार संयोजक निरज सापकोटाको अनुसार कोसेली घर सञ्चालनका लागि समिति गठन गरिएको उनले बताए । कोसेली घरमा महिलाले उत्पादन गरेको हस्तकला तथा सामग्रीहरू विक्रीमा राखिने उनले पालिकाखबरलाई बताए । कोसेली घर सञ्चालनमा ल्याएसँगै महिलाहरूमा उत्साह बढेको उनको अनुभव छ । 

कोसेली घरमा महिलाले उत्पादन गरेको डल, नाङ्लो, डोकोलगायतको सामग्री वितरणमा राखिएको छ । कोसेली घरको लागि आवश्यक सामग्री नगरपालिकाले वितरण गरे पनि भाडा समितिले तिर्नुपर्ने उनको भनाइ छ । काेसेली घर भर्खरै सञ्चालनमा ल्याएकाेले आफूहरू कार्यान्वयनकाे क्रममा रहेकाे उनले सुनाए । 

बेरोजगार युवा तथा महिलालाई रोजगारीको लागि नगरपालिकाले युवासँग मेयर उद्यमशिलता कार्यक्रममार्फत प्रविधि हस्तान्तरण गरेको उनले सुनाए । कार्यक्रमका लागि महिलाहरूको समूह गठन गरी मेसिन तथा औजार वितरण गरिएको उनले बताए । सबल नेपाल नामक संस्थासँग सहकार्य गरी २५ जना महिलालाई मेसिन वितरण गरेको उनको भनाइ छ । 

समूहको लागि मेसिन वितरण गरे पनि निजी रुपमा घरमा लगेर प्रयोग गर्ने गरेको उनले सुनाए । कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि चालु आर्थिक वर्षबाट कडाइ गरिने उनले बताए । साथै रोजगारीको लागि नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत बजेट विनियोजन भएको उनले बताए ।