close

सैनामैनाको सेवा प्रवाह बन्द 

सैनामैनाको सेवा प्रवाह बन्द 

Trulli
ADVERTISEMENT

रुपन्देही - रुपन्देहीको सैनामैना नगरपालिका कार्यालयका जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द गरिएको छ । कन्ट्याक्ट ट्रेसिङका क्रममा जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कार्यालयबाट प्रदान गरिने सेवा बन्द भएको हो ।


नगरपालिकाले २१ कात्तिकदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले बताए । उनका अनुसार नगरपालिका आउँदो २५ कात्तिकसम्म बन्द रहनेछ । 


‘यो अवधिमा स्वास्थ्य र सफाइबाहेकका सम्पूर्ण काम बन्द हुनेछन् । नागरिकलाई सचेत हुन आग्रह गरिरहेका छौं’, अधिकृत अर्यालले भने । सैनामैनामा अहिलेसम्म ३ सय ४२ मा कोरोना पुष्टि भएको छ । तीमध्ये २ सय ७९ निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।


हाल सैनामैना कोरोना अस्पताल बनकट्टाको आइसोलेसनमा १२, होम आइसोलेसनमा ४५ र अन्य २ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीले जानकारी दिए ।