close

आफ्नै कार्यालय भवन बनाउँदै क्षीरेश्वरनाथ 

आफ्नै कार्यालय भवन बनाउँदै क्षीरेश्वरनाथ 

Trulli
ADVERTISEMENT

धनुषा - जनकपुरको क्षीरेश्वरनाथ नगरपालिकाले  नयाँ कार्यालय भवन निर्माण गर्ने भएको  छ ।  स्थानीय सरकार गठन भएपछि साविकको वडा- ५ महेन्द्रनगरस्थित साँघुरो पुरानो गाउँपालिका भवनमा झन्डै ३ वर्ष कार्यालय सञ्चालन गरिरहेको छ ।

 

पुरानो भवन साँघुरो हुँदा सेवाग्राही र पालिकाको काममै अप्ठेरो भएपछि तीनतले नयाँ भवन निर्माण सुरु गरिएको नगर प्रमुख योगेन्द्र पञ्जियारले बताए ।

 

‘ठाउँ अभावमा विभिन्न योजना र शाखा सञ्चालन गर्दा समस्या थियो । नयाँ भवन बनेपछि अब त्यो हट्नेछ । पालिकाका कर्मचारीका गाडीसमेत सडकमै पार्किङ गर्नुपथ्र्यो । नयाँ भवन बनेपछि सबै समस्या हट्नेछन्,’ नगरप्रमुख पञ्जियारले ।

 

वडा-५ नदी छेउमै निर्माण हुने तीनतले पालिका कार्यालय भवनमा २२ कोठा रहनेछन् ।