close

निर्दयी दुई आमा !  जसले नवजात शिशुलाई जन्म दिएर मारिहिँडे

निर्दयी दुई आमा !  जसले नवजात शिशुलाई जन्म दिएर मारिहिँडे

Trulli
ADVERTISEMENT

ताप्लेजुङआमाको नाम सुन्नेबित्तिकै जोकोही मातृवात्सल्य, मायाप्रेम करुणाकी खानीको उपमा दिने गर्छौं आमाको न्यानो माया पाउनेहरूले धर्ती समानको आदरभाव गर्छन्  

 

तर, ताप्लेजुङमा भने अवैध नवजात शिशुलाई जन्माई कर्तव्य गरी मार्ने दुई आमालाई प्रहरीले एकसाथ पक्राउ गरेपछि आमाको रूप कठोर पनि हुन्छ भन्ने देखियो

 

प्रहरीले मेरिङ्देन गाउँपालिका वडा नम्बर सान्थाक्राको मैखु फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर खेजेनिमको धोद्रे गुम्बाडाँडा नजिक अन्दाजी महिनाजस्ता देखिने नवजात शिशुलाई जन्माई कर्तव्य गरी मार्ने दुई आमालाई पक्राउ गरेको हो

 

सान्थाक्राको मैखुमा अवैध नवजात शिशु जन्माई कर्तव्य गरी मारेको अभियोगमा पक्राउ पर्नेमा २२ वर्षीया फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर खेजेनिमको धोद्रे गुम्बाडाँडा नजिक पक्राउ पर्नेमा ३७ वर्षीया महिला रहेको प्रहरीले जनाएको

 

प्रहरीले अवैध शिशु जन्माई कर्तव्य गरी मारेको अभियोगमा पक्राउ पर्ने महिलाको परिवर्तित नाम मात्र खुलाएको प्रहरीले सार्वजनिक गरेका परिवर्तित नाममा दुवैको थर भने शेर्पा उल्लेख

 

प्रहरीको प्रारम्भिक अनुसन्धानले दुवैको अवैध रूपमा गर्भ रहन गई नवजात शिशुलाई जन्माएर मारेको निष्कर्ष निकालेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी बालनरसिंह राणाले निरन्तरको प्रहरी प्रयासपछि अभियुक्तलाई पक्राउ गर्न सफल भएको जानकारी दिए

 

प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वमा भएको अनुसन्धानको यो घटनाले तत्कालै दोषी पत्ता लगाई पक्राउ गर्न सफल भएको भन्दै डीएसपी राणाले पोखरेल नेतृत्वको टिमलाई धन्यवाद दिएका छन्

 

केही समयअघि प्रहरीको दीर्घकालीन अनुसन्धान तालिमसमेत पूरा प्रहरी निरीक्षक पोखरेल प्रहरीभित्र कुशल अनुसन्धान अधिकृतको रूपमा चिनिएका छन् हालै आएको भए पनि पोखरेल अगुवाइको टिमको यो सफल अनुसन्धान मिसनले प्रहरीको शिर उँचो बनाएको ’, डीएसपी राणाले भने

 

पोखरेल यसअघि मेरिङ्देन गाउँपालिका वडा नम्बर थुकिमामा आफ्नै भाइद्वारा गरिएको दाजुको हत्या प्रकरणको सफल अनुसन्धान दोषी पक्राउ गर्ने मिसन पूरा गरेबापत उत्कृष्ट प्रहरी अधिकृतबाटसमेत सम्मानित भइसकेका छन्

 

सामान्यतया नवजात शिशुको कर्तव्य प्रकरणको लामो समय शिशु कसको हो कसले कर्तव्य र्‍यो भन्नेमा उल्झन आउने गर्छ   प्रहरी निरीक्षक पोखरेल अनुसन्धान प्रक्रियाको अनुभव, स्रोत परिचालन, सूचना संकलन घटनाको तथ्यगत पुष्टिलाई आधार मानेर गरिएको सूक्ष्म अनुसन्धानबाट घटनाका दोषी तत्कालै कानुनी दायरामा आउन सफल भएको बताउँछन्