close

प्रदेश १ मा अपांगता भएका व्यक्तिको पुनर्स्थापना

प्रदेश १ मा अपांगता भएका व्यक्तिको पुनर्स्थापना

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– प्रदेश १ सरकारले अपांगता भएका व्यक्तिलाई सहायक सामग्री तथा पुनर्स्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गर्न सेवाप्रदायक संस्थाको खोजी गरेको छ । 

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सार्वजनिक सूचना आवहन गर्दै २५ चैतदेखि १५ दिनभित्र अपांगता भएका व्यक्तिलाई सहायक सामग्री तथा पुनर्स्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गर्न मन्त्रालयमा सूचीकृत भएका गैरसरकारी संस्थाहरूलाई आह्वान गरेको हो । 

 

न्त्रालयको ससर्त अनुदानतर्फको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत प्रदेश १ को सामाजिक विकास मन्त्रालयले प्रदेश स्तरमा कार्यक्रम सञ्चालनका लागि सेवाप्रदायक संस्थाको खोजी गरेको हो । 

 

मन्त्रालयका अनुसार प्रदेश स्तरमा अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकसम्बन्धी ससर्त अनुदान कार्यक्रम कार्यान्वयनसम्बन्धी मार्गदर्शन, २०७७ बमोजिम काम गर्ने गरी सेवाप्रदायक संस्थालाई प्रस्ताव पेस गर्न आह्वान गरिएको छ । 

 

कार्यक्रमअन्तर्गत पुनस्र्थापना केन्द्र सञ्चालन र अपांगता सहायक सामग्रीसम्बन्धी काम गरिरहेका, सामाजिक विकास मन्त्रालयमा सूचीकृत भएका र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट स्वीकृत संस्थागत अनुदानसम्बन्धी मापदण्ड, २०७७ को दफा ४ बमोजिमको योग्यता पुगेका गैरसरकारी संस्थाहरूले सोही मापदण्डको दफा ५ बमोजिमका कागजातसहित निवेदन दिनुपर्नेछ ।


प्रदेश स्तरमा अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकसम्बन्धी ससर्त अनुदान कार्यक्रम कार्यान्वयनसम्बन्धी मार्गदर्शन, २०७७ तथा संस्थागत अनुदानसम्बन्धी मापदण्ड, २०७७ मन्त्रालयको वेबसाइटबाट प्राप्त गर्न सकिने मन्त्रालयले जानकारी दिएको छ ।