close

व्यवस्थापन समिति विवादले लुम्बिनी सांस्कृतिकमा ६ दिनदेखि ताला

विद्यालय खोल्ल होइन अध्यक्ष बन्न होडबाजी

व्यवस्थापन समिति विवादले लुम्बिनी सांस्कृतिकमा ६ दिनदेखि ताला

विद्यालय खोल्ल होइन अध्यक्ष बन्न होडबाजी

Trulli
ADVERTISEMENT

रुपन्देही– लुम्बिनी सांस्कृतिक नगरपालिकामा दलहरूले तालाबन्दी गर्दा ६ दिनदेखि काम ठप्प बनेको छ ।


जनता समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र माक्र्सवादी पार्टीले संयुक्तरूपमा तालाबन्दी गरेका छन् । तालाबन्दी कारण नागरिकका केही काम गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले वताए ।


नगरपालिकाले आफूहरूले उठाएका दुईवटा माग पूरा नगरेकाले ताला लगाइएको जनता समाजवादी पार्टी प्रदेश समिति सदस्य इनामुल्लाह फकिरले वताए । उनीहरूले भदौ २९ गते नगरपालिकामा आफना मागसहित ज्ञापनपत्र बुझाएका थिए । पत्रमा नगरभित्रका सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अभिभावक भेलाबाट नभई वडाध्यक्षलाई चुनिने निर्णय खारेज गर्न र छाडाचौपाया नियन्त्रण तथा तस्करी रोक्न नगरपालिकाले भूमिका खेल्नुपर्ने माग गरिएको फकिरको भनाइ छ ।


तालाबन्दीका कारण नगरपालिकामा कुनै काम हुन नसकेको उपप्रमुख जानकीदेवी श्रीवास्तवले वताईन । उनले दलहरुले राखेका सबै माग पूरा गर्न नसकिने खालको भएकाले समस्या परेको भएपनि वार्ताबाट समस्या खोज्ने काम भइरहेको श्रीवास्तवले वताईन ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई विद्यालय व्यवस्थापन समितिको जिम्मा दिंदा विद्यालयमा राजनीतिकरण रोकिने भन्दै स्थानीय नगरपालिकाको निर्णयलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिन्छन् । 

‘हामीले निर्वाचित गराएका जनप्रतिनिधिलाई विश्वास नगरेर कसलाई गर्ने’ स्थानीयले भने ‘दलहरु सुध्रिएनन्, विद्यार्थीको पढाईको चिन्ता भन्दा पनि पदको मात्रै चासो छ ।’