close

३० भदौदेखि कक्षा १२ को परीक्षा

३० भदौदेखि कक्षा १२ को परीक्षा

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षा १२ को परीक्षा ३० भदौदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा ३० भदौदेखि ८ असोज ८ सम्म सञ्चालन हुने बोर्डले जानकारी दिएको छ । यसअघि गत ३१ साउनदेखि ९ भदौसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर, कोरोना भाइरस संक्रमण बढेको भन्दै स्थगित गरिएको थियो ।


राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिइसकेको छ ।