close

स्थानीय तहलाई बजेट अद्यावधिक गराउन मन्त्रालयको अनुरोध (सूचनासहित)

स्थानीय तहलाई बजेट अद्यावधिक गराउन मन्त्रालयको अनुरोध (सूचनासहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट पारित गरेका सबै स्थानीय तहलाई मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउन अनुरोध गरेको छ । 

मन्त्रालयले एक सूचना जारी गरी सबै पालिकालाई मन्त्रालयको पोर्टलमा बजेट अद्यावधिक गर्न भनेको हो । 

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ७१ को उपदफा ६ मा नगर/गाउँ सभाले असार मसान्तसम्मका आगामी आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । उल्लेखित व्यवस्थाबमोजिम स्थानीय तहबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको विवरण अनिवार्य रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउन आदेशानुसार अनुरोध छ,’ जारी सूचनामा उल्लेख छ ।