close

केपिलासगढीको जनप्रतिनिधिद्धारा बत्ती जडानको अनुगमन

केपिलासगढीको जनप्रतिनिधिद्धारा बत्ती जडानको अनुगमन

Trulli
ADVERTISEMENT

खोटाङ । केपिलासगढी गाउँपालिकाका अध्यक्ष समीर राईसहितको टोलीले स्थलगत अनुगमन गरेको छ । गाउँपालिकाअध्यक्ष  राईसहितको टोलीले शनिबार स्थलगत अनुगमन गरेको हो । 

अध्यक्ष राईसहित विद्युत प्राधिकरण दिक्तेल बितरण केन्द्रका प्रमुख इन्जिनियर बिजयराज रेग्मी, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्जिनियर गुन्जन कार्की बक्सिलामा विद्युत बाल्न बाँकी रहेका वस्ति स्थलगत अनुगमन गरेको गाउँपालिकाले जनाएको छ । उज्यालो पालिका बनाउने हाम्रो अभियान अन्तर्गत सो अनुगमन गरेको अध्यक्ष राईले बताए । 

अध्यक्ष राईका अनुसार  गाउँपालिकाको वडा नम्बर ४ को दस्कतेमा २५ के भि ए ट्रान्सर्फमर जडान तथा एल टि लाइन बिस्तार कार्य सम्पन्न भएको छ। बाक्सिलाका सबै बाँकी घरहरुमा विद्युत पुर्याउन पालिकाको लक्ष्य रहेको उनले बताए । 

अबको १० दिन भित्रमा माक्पालीडाँडा, सिप्तेली र दस्कते का करिब १०० घर भन्दा माथी घर धुरिमा बाल्ने गरि बत्ती जडान कार्य भइरहेको उनले बताए ।