close

'बैरी भयो मन' गीत युट्युबमा सार्वजनिक

'बैरी भयो मन' गीत युट्युबमा सार्वजनिक

Trulli
ADVERTISEMENT

काठमाडौं - सिपि परियार र एलीना चौहानको स्वर रहेको 'बैरी भयो मन' बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘सि पि परियार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

बिश्व अधिकारीको एरेन्ज रहेको सो गीतमा शब्द र संगीत भिम बिसीको रहेको छ । मदन खड्का (मुस्कान पासा) ले निर्देशन गरेको भिडियोमा कथाको परिकल्पना दीपक साउँद गरेका छन् । सो म्युजिक भिडियोमा मदन खड्का, उषा हमाल र अमित खड्कालगायतका कलाकारको अभिनय रहेको जनाइएको छ ।

इलिगल माया, सुवा , तिम्रो मायामा फिटभय म, झुम्के बुलाकी, धान है काट्ने हसियालगायतका गीत गाएका  गायक परियार यो गीतले पनि दर्शक तथा स्रोताको साथ पाउने विश्वास व्यक्त गरे । गीतमा सुदुरपश्चिमका  स्थानीय मनोरम ठाउँमा छायांकन गरिएको छ। श्रीराम फिल्मले पोस्ट प्रोडक्सन गरेको  गीत को छायांकन तथा भिडियो सम्पादन अमित बिकले गरेका छन् ।