close

नाैगाडले साताैं स्थापना दिवस मनाउँदै

नाैगाडले साताैं स्थापना दिवस मनाउँदै

Trulli
ADVERTISEMENT

दार्चुला - नाैगाड गाउँपालिकाले सातौँ स्थापना दिवस मनाउने भएको छ । गाउँपालिकाले भोली शुक्रबार विभिन्न कार्यक्रम गरी साताैँ स्थापना दिवस मनाउन लागेको हो ।

गाउँपालिकाले बैठकको निर्णय अनुसार  स्थापना दिवस मनाउन लागेको प्रमुख प्रशासकीय अधिकृत पुस्कर सिंह धामीले जानकारी दिए । गाउँपालिकाको स्थापना दिवसकाे अवसरमा विविध कार्यक्रम गरी मनाउन लागेको अधिकृत धामीले पालिकाखबरलाई जानकारी दिए ।

गाउँपालिकाले स्थापना दिवसमा उपस्थित हुन जनप्रतिनिधि, कर्मचारी, शिक्षक, पूर्व जनप्रतिनिधि, समाजसेविलगायत सम्पूर्णमा अनुरोध गरेको छ । गाउँपालिकाको कार्यालयमा शुक्रबार बिहान १० बजेदेखि कार्यक्रम गर्ने जनाएको छ ।