close

सिंगो गाउँपालिकामा एक जना वडासचिव

सिंगो गाउँपालिकामा एक जना वडासचिव

Trulli
ADVERTISEMENT

संखुवासभा । दुर्गम उत्तरी भोटखोला गाउँपालिकाका पाँच वडा एक वडा सचिवको भरमा चलेका छन् । वडा सचिवले ५ वटै वडाको सेवा प्रवाह गर्न नसक्दा सेवाग्राहीले सास्ती पाएका छन् ।


दुर्गम र विकट गाउँपालिका भएकाले दरबन्दीअनुसारका कर्मचारीसमेत कम आउने गरेका छन् । गाउँपालिकामा २७ जना कर्मचारीको दरबन्दी भए पनि हाल ५ जना मात्र अस्थायी कर्मचारी कार्यरत रहेको गाउँपालिकाकार्यालयले जनाएको छ। 


गाउँपालिकाको ५ वटै वडा एक्लैले धान्नु परेको वडा सचिव नायब सुब्बा दाबा लामा बताउँछन् । सडक सन्जालले नछोएको भोटखोलाको ५ वटै वडा हिँडेर पुग्नुपर्ने बाध्यता रहेको सचिव लामाले बताए। ‘भौगोलिक रुपमा विकट भएका कारण भोटखोलामा हिँडेर सबै वडा कार्यालयमासेवा दिन कठिन हुने गरेको छ’, उनले भने । 


सचिव लामाका अनुसार पैदलै हिँडेर हरेक वडामा महिनामा तीन÷चार दिनभन्दा बढी सेवा दिन सक्ने अवस्था छैन। सम्बन्धित वडामा पुग्नै कठिन भएका कारण महिनामा तीन-चार दिनभन्दा बढी समय जनतालाई सेवा दिन नसकिएकोउनको भनाइ छ । ‘वडा कार्यालयपुग्न धेरै समय लाग्ने हुँदा धेरैजसो गाउँपालिकामै बसेर सेवा दिने गरेको छु’, लामाले भने ।


भोटखोला गाउँपालिकाको जनसंख्या करिब ६ हजार पाँच सय ७६ छ । जिल्ला सदरमुकाम खाँदबारीदेखि करिब ३० कोश  टाढा रहेको भोटखोला गाउँपालिका चीनको सीमासँग जोडिएको छ ।