close

नगरले बनाइदियो अल्पसंख्यक सदा समुदायका घर 

नगरले बनाइदियो अल्पसंख्यक सदा समुदायका घर 

Trulli
ADVERTISEMENT

लहान– सिरहाको धनगढीमाई नगरपालिकाले थातबास बनाइदिएपछि विपन्न एवं अल्पसंख्यक सदा समुदायमा खुसी छाएको छ । वर्षौंदेखि घरबारविहीन दलित समुदायका बस्तीमा नगरपालिकाले घर निर्माण गरिदिएको हो ।  

घाम र पानीमा ओत लाग्ने फुसको घरमा वर्षौंदेखि  कष्टकर जीवन बिताइरहेका वडा नम्बर १२ का विपन्न सदा समुदायका लागि नगरपालिकाद्वारा नमुना बस्ती निर्माण भइरहेका छन्   ।

तराई मधेस समृद्धि विकास कार्यक्रम र नगरपालिकाको संयुक्त लगानीमा ८ वटा सुविधासम्पन्न घर निर्माण गरिएको धनगढीमाई नगरपालिका प्रमुख हरिनारायण चौधरीले जानकारी दिए ।

‘चालू आवमा लोकमार्गभन्दा उत्तरवर्ती क्षेत्रमा रहेको उक्त सदा बस्तीमा ३२ घरपरिवारका लागि नमुना घर बनाउने लक्ष्य राखेका छौं’, चौधरीले भने । यो वर्ष नगर कार्यपालिकाले छुट्याएको बजेटबाट थप ८ घर बनेका छन् भने आउँदो वर्षमा घर निर्माणले गति लिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  शिवराज चौलागाईंले बताए । 

बर्सेनि थातबास र  खानेपानीको अभाव खेप्दै आएका उक्त बस्तीका स्थानीयलाई नगरपालिकाले दुवै सुविधा उपलब्ध गराएपछि उनीहरू खुसी छन् ।