close

कोरोनाबाट मृत्यु भएका वडा अध्यक्षको परिवारलाई नगरपालिकाले दियो १० लाख सहयोग

कोरोनाबाट मृत्यु भएका वडा अध्यक्षको परिवारलाई नगरपालिकाले दियो १० लाख सहयोग

Trulli
ADVERTISEMENT

बर्दिया - बर्दियाको बारबर्दिया नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका वडा अध्यक्षको परिवारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । 
   

कोरोना संक्रमणबाट मृत्यु भएका बारबर्दिया– ३ का वडा अध्यक्ष सूर्यबहादुर थारूको परिवारलाई नगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । वडा अध्यक्षको घरमै आयोजना गरिएको श्रद्धाञ्जलीसभामा नगरपालिकाले उक्त सहयोग रकम प्रदान गरेको बारबर्दिया नगरपालिकाले जनाएको छ । 
    

वडा अध्यक्षको आमा गजपति थरूनीलाई लुम्बिनी प्रदेशका सांसद तिलकराम शर्मा र बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारूले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका हुन् । वडा अध्यक्ष थारूको कोरोना संक्रमणका कारण ७ असोजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

 

श्रद्धाञ्जलीसभामा लुम्बिनी प्रदेशका सांसद तिलकराम शर्माले स्वर्गीय थारूले जनयुद्ध र जनआन्दोलनको समयमा पु¥याएको योगदानको स्मरण गर्दै उनको निधनले नगरमा क्षति भएको बताए । 
     

नगरप्रमुख थारूले बारबर्दिया नगरको विकासका लागि स्वर्गीय थारूले अतुलनीय योगदान पु¥याएको बताए । उनले भने, ‘उहाँले नगरको समग्र विकासका लागि पु¥याएको योगदान नगरले कहिल्यै बिर्सन सक्दैन ।’ 


स्वर्गीय वडा अध्यक्ष थारूका सन्तानलाई नगरपालिकाले उच्च शिक्षासम्म अध्ययनको व्यवस्था मिलाउने नगरप्रमुख थारूले बताए ।