close

पाँचखालमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

पाँचखालमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

Trulli
ADVERTISEMENT

काभ्रे - काभ्रेको पाँचखाल नगरपालिकामा अत्यावश्यक कामबाहेकका सबै सेवा आउँदो ११ कात्तिकसम्मका लागि बन्द गरिएको छ ।

 

नगरपालिकाका १ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयले प्रवाह गर्ने अत्यावश्यकबाहेक अन्य सेवा आउँदो २ कात्तिकदेखि ११ सम्म बन्द गर्ने निर्णय भएको नगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमागाईंले जानकारी दिए । 

 

नगरप्रमुख महेश खरेल नेतृत्वको नगरस्तरीय कोभिड-१९ निर्देशन समिति बैठकले थप जोखिम हुन नदिन नगरपालिकामा अत्यावश्यकबाहेकका सबै काम बन्द गर्ने निर्णय गरेको थियो ।