close

फतुवा विजयपुरबासीलाई बिजुली महसुल सित्तैमा 

फतुवा विजयपुरबासीलाई बिजुली महसुल सित्तैमा 

Trulli
ADVERTISEMENT

रौतहट- रौतहटको फतुवा विजयपुर नगरपालिकाले आफ्ना नगरबासीले उपभोग गरेको बिजुलीको महसुल भुक्तानी गरिदिएको छ । 


नगरपालिकाले नगरभित्रका ८ हजार ६ सय घरधुरीले खपत गरेको महसुल नेपाल विद्युत् प्राधिकरण मौलापुर शाखामा बुझाएको हो ।

 

पछिल्लो ३ महिनामा खपत भएको बिजुलीबापतको रकम विद्युत् प्राधिकरणलाई एकमुष्ट तिरिदिएको फतुवा विजयपुर नगरपालिकाले जनाएको छ । 

 

‘३ महिनामा खपत भएको बिजुलीको बिल बराबरको करिब ३९ लाख रुपैयाँ चेकमार्फत विद्युत् प्राधिकरण मौलापुर शाखामा बुझाएका हौँ । हरेक महिनाको अन्तिम साता नगरपालिकाले नै नगरबासीको महसुल तिरिदिनेछ’, नगर प्रमुख गोपाल यादवले भने ।

 

नगरभित्रका हरेक नागरिकलाई निःशुल्क बिजुली उपलब्ध गराउने नीतिअनुसार महसुल नगरपालिकाले नै तिरिदिएको उनले बताए ।

 

यो नगरपालिकाले गत असोजदेखि नगरभरिकै सबैको विद्युत् महसुल तिरिदिने नीतिगत निर्णय गरेको थियो ।