close

कोरोनाका बिरामी बोक्दै बान्नीगढीका अध्यक्षको गाडी

कोरोनाका बिरामी बोक्दै बान्नीगढीका अध्यक्षको गाडी

Trulli
ADVERTISEMENT

अछाम- अछामको बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र खड्काले पालिकाको गाडीलाई कोरोना संक्रमितका लागि प्रयोगमा ल्याएका छन् ।

 

उनले गाउँपालिकाले प्रयोग गर्दै आएको गाडी कोरोना संक्रमित बिरामीको लागि दिएका हुन् । अध्यक्ष खड्काले आफू प्रयोग गर्दै आएको गाडी निषेधाज्ञा अवधिभर बिरामी बोक्ने प्रयोजनमा दिने निर्णय भएको बताए । 

 

‘पालिकाका बिरामीलाई जिल्ला बाहिर नेपालगञ्ज, धनगढी वा जिल्लाभित्रै बयलपाटा अस्पताल तथा जिल्ला अस्पताल लैजाने अवस्था देखिएकाले गाडी दिने निर्णय गरेको हुँ’, खड्काले भने । 

 

पालिकाले यसअघि एउटा गाडी भाडामा लिएरै भए पनि बिरामीलाई बोक्न प्रयोग हुँदै आएको छ । अध्यक्ष खड्काले पालिकाका वडादेखि गाउँटोलबाट बिरामी लिएर अस्पताल पुर्‍याउन गाडी भाडामा लिएर जनतालाई निःशुल्क सेवा दिएको बताए । कोरोना रोकथाम र नियन्त्रण गर्न पालिका क्रियाशील रहेको उनको दाबी छ ।