close

तुलसीपुरको नीति तथा कार्यक्रमः विद्युत महसुलमा छुट, प्राथमिकतामा कृषि  

तुलसीपुरको नीति तथा कार्यक्रमः विद्युत महसुलमा छुट, प्राथमिकतामा कृषि  

Trulli
ADVERTISEMENT

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

उपमहानगरको नवौं नगरसभामा नगर प्रमुख घनश्याम पाण्डेले ३८७ बुँदे नीति तथा कार्यक्रम सार्वनजिक गरेका हुन । जिल्लामा सबै भन्दा पहिले तुलसीपुरले शुक्रबार नीति तथा कार्यक्रम ल्याएको हो । 

विगतका योजनाहरुलाई निरन्तरता दिएको नीति तथा कार्यक्रममा कृषि शिक्षा, स्वास्थय पूर्वाधार विकासलाई प्राथामिकतामा राखिएको छ । कृषि उत्पादन वढाउन दक्ष जनशक्ति सेवा (विमा, तालिम, विउविजन) र पूर्वाधारको विकास तथा विस्तार, कृषि बिद्युत मिटर प्रयोग गरी सिचाई गर्ने कृषकहरुलाई फागुन देखि जेष्ठसम्मको विद्युत महशुल १ सय प्रतिशत छुट गरि मकै, घाँस र बेमौसमी खेतीलाई प्रवद्र्धन गरिने भएको छ ।

हरेक वडामा कृषि तथा पशु सेवा इकाई स्थापना गरी एक वडा–एक प्राविधिकको व्यवस्था गरिने कार्यक्रममा उल्लेख छ । ‘पशुपंक्षीको नश्लसुधार आम्दानी र रोजगारीको आधा’ भन्ने अभियान अन्तर्गत नश्लसुधारका लागि कृतिम गर्भाधारण कार्यक्रमलाई निःशुल्क र प्रभावकारी बनाइने, पशु उपचारका लागि आबश्यक औषधिहरु निःशुल्करुपमा उपलब्ध गराइने र कृषकसँग पशु स्वास्थ्यकर्मी स्थलगत भेटघाट कार्यक्रम संचालन गरिने उल्लेख छ ।