close

बालबालिकाको बैंक खातामा रकम जग्मा गर्दै कटारीको वडा नम्बर ८

बालबालिकाको बैंक खातामा रकम जग्मा गर्दै कटारीको वडा नम्बर ८

Trulli
ADVERTISEMENT

उदयपुर (कटारी)- उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ ले बालबालिकाको भविष्यका लागि बैंकमा रकम बचत गरिदिने भएको छ । यसका लागि वडाले १ साउन २०७७ देखि जन्मिएका बालबालिकाको बैंक खाता खोलिदिने भएको हो ।


नगरपालिकाको सुत्केरी भेटघाट तथा बाल बचत कोषसम्बन्धी कार्यविधि, २०७७ अनुसार मुक्तिनाथ विकास बैंक शाखा कार्यालय कटारीमा खाता खोल्ने सम्झौता वडाले बुधबार गरेको छ । सम्झौताअनुसार वडामा १ साउन २०७७ देखि जन्म भएका सम्पुर्ण बालबालिकाको नाममा बैंकमा खाता सञ्चालन हुनेछ । 


खातामा वडाले र अभिभावकले केही रकम जम्मा गरिदिनेछन् । सो रकम बालबालिका १६ वर्ष पुगेपछि तिनको शिक्षा, स्वास्थ्यलगायत अन्य वृत्तिविकासमा सदुपयोग गर्न सक्ने वडाध्यक्ष कमल श्रेष्ठले बताए । 

 

यो कार्यक्रमबाट हाल करिब ५० जना बालबालिकाको खाता खोलिनेछ । बालबालिका १६ वर्ष नपुगेसम्म खातामा जम्मा भएको रकम अभिभावकले निकाल्न पाउने छैनन् ।


बैँकले खाता खोली बचत गरेबापत ब्याज बालबालिकालाई प्रदान गर्नेछ । यो परियोजना आगामी वर्ष पनि निरन्तर सञ्चालन हुृने मुक्तिनाथ विकास बैंक शाखा कार्यालय कटारीका शाखा प्रमुख विपिनकिशोर श्रेठले जानकारी दिए ।