close

न्याय निरुपणमा सुनवल अब्बल, १ वर्षमा ३ सय उजुरीको किनारा

न्याय निरुपणमा सुनवल अब्बल, १ वर्षमा ३ सय उजुरीको किनारा

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम- पश्चिम नवलपरासीका सात वटा स्थानीय तहका सरकारमध्ये सुनवलको न्यायिक समितिले गत आर्थिक वर्षमा ३ सय बढी उजुरीमा फैसला गरेको छ ।

 

विवाद दर्ता प्रकृया, स्थानीय सरकार संचालन गर्ने मापदण्डको प्रयोग, मेलमिलापकर्ताको नियुक्ति र परिचय पत्र वितरण, नगरपालिकाका वडाहरुमा मेलमिलाप मेलमिलाप स्थानको अवस्था, लगत तथ्यांकको व्यवस्थापन लगायतका सूचकका आधारमा गरिएको स्वमुल्यांकनलाई आधार मानेर गरिएको विश्लेषणमा सुनवल नगरपालिकाको न्यायिक समितिकोे शतप्रतिशत मुल्यांकन गरिएको न्यायिक समिति सुनवलका उजुरी प्रशासक बन्धुराज पौडेलले बताए ।

 

स्थानीय सरकारको गठन भएको पछिल्लो चार वर्षमा न्यायिक समितिको तथ्यांकलाई हेर्दा सुनवल नगरपालिमा परेका ३ सय ३९ मुद्दाहरु न्यायिक समितिमा दर्ता भए मध्ये सबै भन्दा बढी निरुपण गरिएका २ सय ६४ वटा मुद्दा मेलमिलापको माध्यमबाट निरुपण भएका छन् ।

 

यसैगरी ३१ वटाको न्यायिक निर्णयबाट निरुपण गरिएको छ भने ३ वटा उजुरी अदालत पठाइएको छ ।  ६ वटा मुद्दा खारेजीमा परेका छन भने ३३ वटा प्रकृयामा रहेको न्यायिक समिति सुनवलका संयोजक दधिराम अर्यालले बताए ।

 

गत आर्थिक वर्षमा मात्र सुनवलको न्यायिक समितिमा १ सय २५ वटा मुद्दा दर्ता भएका मध्ये सबैभन्दा धरै मेलमिलापको माध्यमबाट ६८ वटा मुद्दा निरुपण गरेको छ । न्यायिक निरुपणबाट १३ वटा मुद्दा निरुपण गरिएको छ भने ६ वटा मुद्दा खारेजीमा परेका छन् । २ वटा मद्दा मात्र मुल्तवीमा रहेको न्यायिक समिति सुनवलको कार्यालयले जनाएको छ ।

 

परेको उजुरीका आधारमा दुवै पक्षलाई राखी छलफलबाट पालैपालो बोल्ने र तर्क राख्ने गरी समस्याको निरुपण गरिने प्रकृयालाई मेलमिलाप विधि भनिन्छ । सुनवल नगरपालिकामा सबैभन्दा धेरै मुद्दाहरु स्थानीय मेलमिलापकर्ताको माध्यमबाट मेलमिलाप विधिबाट हल गरिएको सुनवल नगरपालिका वडा नम्बर ११ की मेलमिलाप समिति संयोजक सरस्वती सुवेदीले बताइन् ।