close

११ जना कर्मचारीमा कोरोना देखिएपछि रामग्राम नगरकाे सबै सेवा बन्द

११ जना कर्मचारीमा कोरोना देखिएपछि रामग्राम नगरकाे सबै सेवा बन्द

Trulli
ADVERTISEMENT

नवलपरासी -  ११ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि रामग्राम नगरपालिकाका अत्यावश्यकबाहेकका सेवा बन्द भएका  छन् ।


नगरपालिका तथा वडाका ११ कर्मचारीमा कोरोना संक्रमण देखिएकाले अत्यावश्यकबाहेकका सेवा बन्द गर्नुपरेको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए । कन्ट्याक ट्रेसिङ गर्नुपर्ने भएकाले नगरपालिकाको कार्यालयको मात्र सेवा बन्द गरिएको उनले बताए । 


पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले २४ कात्तिकसम्म अत्यावश्यक सेवा बन्द गरेको जनाए । ‘वडाहरूमा पनि छलफल चलिरहेको छ’, उनले भने, ‘नगरपालिकाको कार्यालय एक सातालाई बन्द गरेका छौँ ।’