close

एनएमबी बैंकको ‘एनएमबि सापटी'

एनएमबी बैंकको ‘एनएमबि सापटी'

Trulli
ADVERTISEMENT

काठमाडौं - एनएमबी बैंकले ‘एनएमबी सापटी सेवा’ सुरु गरेको छ । बैंकको यो  सेवा कृत्रिम बौद्धिकताद्वारा सञ्चालित छ । यसमा  कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया म्यानुअल हस्तक्षेपबिनै डिजिटल रूपमै गर्न सकिने बैंकले बताएको छ ।

 

यो नेपालमै पहिलो पटक २४ सै घन्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सुविधा मोबाइलबाटै प्रयोग गर्न सकिनेछ । एनएमबी सापटी ग्राहकको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकता परिपूर्तिका लागि ल्याइएको छोटो अवधिको धितोबिनाको व्यक्तिगत कर्जा रहेको बैंकले जानकारी दिएको छ ।


यस सेवामा एनएमबीमा तलब खाता भएका तलबी कर्मचारीहरूलाई १ लाख रुपैयाँसम्म तुरुन्त कर्जा उपलब्ध गराइनेछ । ग्राहकले आफ्नो सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनोट गर्न सक्नेछन् । 


‘एनएमबी सापटी डिजिटल बैंकिङमा बैंकको प्रगतिलाई रेखांकित गर्ने मार्गचित्रको  अभिन्न अंग हो, जसले  ग्राहकलाई वित्तीय सेवा सहजै प्रदान गर्नुका साथै ब्राण्डसँगको अनुभव अभिवृद्धि गर्छ ।

 

शून्य म्यानुअल हस्तक्षेपका साथ सम्पूर्ण कर्जाको सुरुदेखि अन्त्यसम्मको प्रक्रियाले ग्राहकलाई कर्जा प्राप्त गर्न कुनै पनि समय, जुनसुकै स्थानबाट सजिलो मात्र नबनाई कागजविहीन कार्य वातावरणप्रति बैंकको प्रतिबद्धतालाई समेत टेवा पुर्‍याउँछ’, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने ।


एनएमबी सापटी मोबाइल फोन प्रयोग गरेरै लिन सकिन्छ, जसले विषम परिस्थितिमा पनि ग्राहकलाई व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकता पूरा गर्न सुरक्षित र प्रत्यक्ष सम्पर्करहित माध्यमको रुप हुन सक्ने सीईओ केसीको दाबी छ ।