close

पोखराका पूर्वप्रधानपञ्च तथा सांसद केसीको निधन

पोखराका पूर्वप्रधानपञ्च तथा सांसद केसीको निधन

Trulli
ADVERTISEMENT

पोखरा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सुगर डाउन भएर ६३ बर्षको उमेरमा केसीको निधन भएको परिवारका सदस्यले जनाएका छन् । सोमबार राती घरमै केसीको निधन भएको हो ।


केही समयदेखि सुगर र प्रेसरले थलिएपछि संसद बैठकमा समेत उपस्थित हुन सकेका थिएनन् । केसी ३ वर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गरेर आमन्त्रित केन्द्रीय सदस्य बनेका थिए भने कांग्रेसकै कोटाबाट प्रतिनिधिसभा सदस्य बनेका हुन् ।


केसी पोखरा उपमहानगरपालिकाको प्रधानपञ्च समेत बनेका थिए । लामो समय राप्रपाको राजनीति गरेका उनी पहिलो संविधानसभामा राप्रपाबाटै संविधानसभा सदस्य बनेका थिए । परिचित रारा चाउचाउ उनैले सुरु गरेका हुन् भने विभिन्न हाईड्रो, हाउजिङ लगायतको व्यवसायमा उनी सफल थिए ।

केसीको निधनमा शोक मनाउन आज पोखरा महानगरपालिकाले आफ्ना सवै सेवा बन्द गरेको छ ।