close

काठमाडौं महानगर प्रमुखले सोल्टीमा बसेर कोरोना उपचारमा खर्चेको १५ लाखको बिल गुपचुप !

एक सातामा बनाउँछु भनेको आइसोलेसन ३ महिनामा पनि बनेन

काठमाडौं महानगर प्रमुखले सोल्टीमा बसेर कोरोना उपचारमा खर्चेको १५ लाखको बिल गुपचुप !

एक सातामा बनाउँछु भनेको आइसोलेसन ३ महिनामा पनि बनेन

Trulli
ADVERTISEMENT

काठमाडौ‍– काठमाडौ‌‍‌  महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले कोरोना संक्रमितका लागि ५ हजार जना क्षमताको आसोलेसन बनाउने सार्वजनिक घोषणा गरेको तीन महिना बित्यो । तर स्थानीय तहले अनिवार्य बनाउनै पर्ने ५ बेडको आइसोलेसनसमेत अहिलेसम्म बनेको छैन ।


जवकी साधन श्रोत नभएका दुरदराजका पालिकाले समेत भटाभट यस्तो आइसोलेसन बनाइरहेका छन् । आइसोलेसन बनाउनुको सट्टा आफै कोरोना स.क्रमित हुँदासमेत उनी काठमाडौको सबैभन्दा महंगो सोल्टी होटलमा आइसोलेसन बसे ।

 

नगरपालिका फोरमको बैठकमा मेयर शाक्यसँगै कोरोना रोकथाम तथा नियन्त्रणका लागि आइसोलेसन बनाउने घोषणा गर्ने उपत्यकाका अधिकांश नगरपालिकाले आइसोलेसन बनाइ सकेका छन् । तर अन्य नगरपालिका भन्दा साधन स्रोतले सम्पन्न काठमाडौं महानगरपालिकाले भने आफैले घोषणा गरेको तीन महिना बितिसक्दा घोषणामै सिमित भएको छ ।


गत ३ भदौमा एकसाता भित्र काठमाडौंमा ५ हजार क्षमताको आइसोलेसन तयार पार्ने उनले सार्वजनिक घोषणा गरेका थिए ।


काठमाडौंको खुल्लामञ्चमा कोरोना संकटका कारण कामबिहीन मजदुर तथा असक्तलाई निःशुल्क खाना खुवाउँदा महानगरको बेइज्जत भएको अभिव्यक्ति दिने शाक्यले घोषणाअनुसार  आइसोलेसन बनाउन नसकेको नगरवासीको आरोप छ ।


काठमाडौ महानगर ७७ जिल्लाको मानिसको आउजाउ भइरहने ठाउँ भएकाले  महानगरले बेग्लै आइसोलेसान बनाउन नपर्ने कामनपाका प्रवक्ता इश्वरमान डंगोल बताउँछन् ।  

 

सोल्टीको बिल नै गुपचुप

 

कोरोना संक्रमण भएर काठमाडौंको होटल सोल्टीमा आइसोलेसन बस्दा भएको  दैनिक ७५ हजार रुपैयाँ भन्दा बढी खर्चको बिल शाक्यले गुपचुप राखेका छन् ।


महानगरपालिका कार्यालयले मेयर शाक्यको सोल्टी होटलको  बिल हालसम्म पेस नभएको जनाएको छ ।  सो खर्च गुपचुप राखिएको आशंका गरिएको छ ।


गत १५ भदौंमा कोरोना संक्रमित भएपछि मेयर शाक्यसँगै उनकी श्रीमती र छोरी पनि सँगै आइसोलेसनमा बसेका थिए ।

 

स्रोतका अनुसार सोल्टी होटलमा ३ जना बसेको झन्डै १५ लाख हाराहारी खर्च भएको थियो । उनले उपचारका लागि ग्रान्डी र मेडीसिटी अस्पतालबाट डाक्टर नर्सलाई होटलमै बोलाउने गरेका थिए ।


महानगरपालिकाका जनप्रतिनिधिको बिरामी तथा औषधी उपचार खर्चको भुक्तानीको लागि महानगरको बोर्ड बैठकमा बिल पेश गर्ने व्यवस्था छ । तर मेयर शाक्यले हालसम्म बोर्ड बैठकमा त्यसबारे कुरा नउठाएको महानगर स्रोतको भनाई छ  । विरोध धेरै भएपछि उनी आफैले सो रकम तिरे वा अरु कसैले तिरिदियो भन्नेसमेत उनले सार्वजनिक गरेका छैनन् ।

 

नगरले तिर्ने बिल उनले पेश नगर्नु र कति खर्च भयो भनेर सार्वजनिक नगरेपछि महानगरका अन्य जनप्रतिनिधिलेसमेत उनीमाथि औंला उठाएका छन् ।

 

‘कोरोना उपचार गर्दाको खर्च महानगरले तिर्ने भनेको हो, उहाँले १५ लाख जति सक्नुभयो तर न बिल आयो न खर्चको मौखिक जानकारी आयो’ महानगरकै एक जनप्रतिनिधिले भने, ‘ रियल खर्च भएको बिल पेश नगर्दा प्रश्न उठेको हो ।’ यस विषयमा  नगरप्रमुख शाक्यले भने कुनै प्रतिकृया दिएका छैनन् ।

 

खुल्लामञ्चमा खाना खुवाउने कार्यक्रम बन्द गर्न आह्वान गर्न पत्रकार सम्मेलन आयोजना गरेको दिनसमेत शाक्यले यो विषयमा पत्रकारले सोधेको प्रश्नको उत्तर दिएनन् । सोल्टीमा बसेर उपचार गरेको भन्दै चर्को आलोचना भएपछि उनले महानगरमा बिल पेश नगरेको महानगरकै कर्मचारी बताउँछन् । कोरोना खर्चको बिलका बिषयमा बुझ्न शाक्यलाई पटक पटक भेट्न खोज्दा उनले समय दिन मानेका छैनन् भने फोन सम्पर्कमा समेत आउन चाहेका छैनन् ।