close

सामाजिक विकास मन्त्रीकाे समाजवाद सपना

सामाजिक विकास मन्त्रीकाे समाजवाद सपना

Trulli
ADVERTISEMENT

रुपन्देही - लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले विज्ञान र प्रविधिमा दक्ष जनशक्ति उत्पादन नभएसम्म समाजवाद आउँदैन । त्यसका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको बताएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा- २ अर्बेनी बिसौनास्थित दभौखानी माविको चार कोठे पक्की भवनकाे शिलान्यास गर्न पुगेका लुम्बिनी प्रदेशका मन्त्री बरालले यस्ताे बताएका हुन् ।


आफनै निर्वाचन क्षेत्रमा रहेको उक्त विद्यालय भवन निर्माण कार्यक्रममा मन्त्री बरालले गुणस्तरलाई ध्यान दिई समयमै निर्माण सम्पन्न गर्न निर्देशन  दिए । बरालले गुणस्तरीय शिक्षाका लागि कोरोना कालमा पनि वैकल्पिक विधिबाट शिक्षण कार्यलाई निरन्तरता दिइँदै आएको बताए ।

 


प्रदेश सरकारले छात्रालाई उच्च शिक्षामा मासिक छात्रवृत्ति व्यवस्था गरेपछि उच्च शिक्षा लिनेको संख्या वृद्धि भएको र विज्ञान र गणित विषयको नतिजाको समेत सुधार भएको मन्त्री बरालले दाबी गरे ।


विद्यालय उद्घाटनमा गएका मन्त्री बरालले छापचौरमा सम्पन एक घर एक धारा खानेपानी आयोजनाको उद्घाटनसमेत गर्न भ्याए ।


बरालले चन्द्रकोट गाउँपालिकाको हरेवामा एक घर एक धारा खानेपानीको उद्घाटन, शान्तिपुर कभर्ड हल निरीक्षण, सत्यवती गाउँपालिकामा निर्माण गरिन लागेका विभिन्न आयोजना शिलान्यास गरेका छन्।