close

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक प्रमाणीकरण

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक प्रमाणीकरण

Trulli
ADVERTISEMENT

धनुषा - प्रदेश २ सरकारले प्रदेशसभाबाट पारित गराएको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण गरेका छन् । 


गत २ कात्तिकमा प्रदेशसभाबाट पारित भएको विधेयकलाई प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेका हुन् ।


प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेका छन् । 


उनको कार्यकालमा प्रमाणीकरण गरिएको यो १३ औं विधेयक हो भने प्रदेशप्रमुखको कार्यालयबाट प्रमाणीकरण गरिएका विधेयकको संख्या हालसम्म ३५ पुगेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । 


सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेस गरिएको उक्त प्रस्ताव सभाबाट सर्वसम्मत पारित भएको थियो । यो प्रस्ताव पारित भएसँगै प्रदेश २ सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बाटो खुलेको छ ।

 

जनकपुरधामस्थित प्रादेशिक अस्पताललाई विस्तार गरी सो अवधारणा लागू गरिने बताइएको छ ।