close

सामाजिक सुरक्षा भत्ता अब बैंकबाटै, हेर्नुहोस् तपाईंको पालिकामा कहिले आउँछ बैंकमा पैसा ?

सामाजिक सुरक्षा भत्ता अब बैंकबाटै, हेर्नुहोस् तपाईंको पालिकामा कहिले आउँछ बैंकमा पैसा ?

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– सरकारले १ मंसिर, २०७८ सम्ममा देशभरका सबै स्थानीय तहबाट बितरण हुने सामाजिक सुरक्षा भत्ता अब अनिवार्य रुपमा बैंकिङ प्रणालीमार्फत बितरण गर्नुपर्ने व्यवस्था गरेको छ ।

 

गृृह मन्त्रालयले गत २४ कात्तिकमा जारी गरेको नेपाल राजपत्र खण्ड ७० संख्या २९ मा देशभरका स्थानीय तहहरुको संख्या, नाम र बैंकमार्फत अनिवार्य रुपले सामाजिक सुरक्षा भत्ता बितरण गर्नुपर्ने मिति स्पष्ट व्यवस्था गरेको छ ।

 

जस अनुसार देशभरका ३ सय ४० स्थानीय तहले आगामी मंसिर महिनाबाटै सामाजिक सुरक्षा भत्ता अनिवार्य रुपमा बैंकिङ प्रणालीमार्फत बितरण गर्नुपर्ने छ ।

 


१ सय ५९ स्थानीय तहले १ चैत, २०७७ बाट सामाजिक सुरक्षा भत्ता अनिवार्य रुपमा बैंकिङ प्रणालीमार्फत बितरण गर्नुपर्ने हुन्छ । २ सय ४७ स्थानीय तहले १ साउन, २०७८ बाट र ७ स्थानीय तहले १ मंसिर २०७८ र १ गतेदेखि सामाजिक सुरक्षा भत्ता अनिवार्य रुपमा बैंकिङ प्रणालीमार्फत बितरण गर्नुपर्ने सरकारले राजपत्रमा उल्लेख छ ।


तपाइँको पालिकामा कहिलेबाट पाइन्छ बैंकमार्फत सामाजिक सुरक्षा भत्ता हेर्नुहोस्